Comments Add Comment

कृषि क्षेत्रलाई प्राथमिकता दिन सरकोकारवालाको सुझाव


रमेश थापा 
पाँचथर
— पाँचथरको कुम्मायक गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा निर्माण गर्दा कृषि क्षेत्रलाई प्राथमिकता दिन सरोकारवालाहरुले सुझाव दिएका छन । उनिहरुले बाँझो जमिनलाई उपयोग गरी कृषि उत्पादन बढाउने पर्ने बताएका हुन । 

गाउँपालिकाले आयोजना गरेको नीति तथा कार्यक्रमको सुझाव संकलन कार्यक्रमका सहभागी राजनीतिकदलका प्रतिनिधिहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिन सुझाव दिएका हुन । कार्यक्रममा राप्रपाका प्रतिनिधि छत्रमणी दाहाल, जसपाका जिल्ला सदस्य सुर्यदिप सम्बाहाम्फे, काग्रेसका कुम्मायक सभापती दुर्गा बम्जन र एमाले कुम्मायक संगठन कमिटी अध्यक्ष मेघराज निरौलाले गाउँपालिकामा निशुल्क ऐम्बुलेन्स सेवा संचालन गर्दै कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई नीति तथा कार्यक्रममा समेट्नु पर्ने बताए ।

त्यस्तै माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अमरसिं थापाले खाद्यन्यमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनु पर्ने सुझाव दिए । उनले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर ग्रामिण अर्थतन्त्रलाई माथि ल्याउदा मात्रै समृद्ध कुम्मायक गाउँपालिका निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा शैक्षिक गुणस्तर दिनप्रतिदिन कमजोर बन्दै गएको भन्दै शिक्षकहरुले गाउँपालिकाको ध्यानाकष्र्ण गराएका थिए ।

जवाफममा गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीले गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम निर्माण गर्दा सबैको सुझावलाई कार्यान्वयमा लाने बताए । “गाउँपालिकामा के—के समस्या छन ? तिनको पहिचान गरेर अघि बढ्न खोजेका हौं । लावतीले भने प्राथमिकताको आधारमा अघि बढ्छौ ।’
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले आगामी वर्षको प्राथमिकताको विषयको पहिचान गर्न सर्वदलिय र सर्वपक्षिय सुझाव संकलन गरेको बताए । उनले अबको कार्यक्रम परिणममुखी र दिगोलक्ष्य उन्मोख हुने बताए । सोही अवसरमा प्रमुख प्रसाशकीय अधिकृत देबेन्द्र सुवेदी, शिक्षा अधिकृत प्रदिपसिंह तामाङ, एम.आई.एस. अपरेटर मदन थापा र प्रा.स. भौषराज थापाले ले सुझाव संकलन गरेका थिए ।
  


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ