Comments Add Comment

गणेश भट्ट अभिनित जीवन साथीको पोस्टर सार्वजनिक

काठमाडौं, ६ चैत

गणेश भट्ट अभिनित नयाँ म्युजिक भिडियो 'जीवन साथी' को पोस्टर सार्वजनिक गरिएको छ।

बुधबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको हो।

पछिल्लो समयका चर्चित मोडेल भट्टलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्। सिवजी डान्स सेन्टरको व्यानरमा निर्माण गरिएको गीतमा शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ।

म्युजिक भिडियोलाई शिवजी खत्रीले निर्देशन गरेका हुन्। भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका छन्। म्युजिक भिडियोलाई केही दिनमै बजारमा ल्याउने तयारी गरिएको निर्माण टिमले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ