Comments Add Comment

होली मनाइँदै

विराटनगर, २३ फागुन

रङको पर्व फागु पूर्णिमा (होली) आज यहाँ धुमधामसँग मनाइँदै छ।

विभिन्न उमेर समूहका मानिसले एकआपसमा रङ, अबिर दलेर यो पर्व मनाउनमा व्यस्त देखिन्छ । खागरी बालबालिकाले पिचकारी र रङसँग खेलेको देखेर अन्य मानिसले पनि रमाइलो अनुभव गरिरहेका छन् । यो पर्वमा रङ खेल्ने प्रौढ तथा युवायुवतीले सेतो पहिरनमा सजिएर खेलेको रङले पर्वलाई अझ रसिलो बनाएको देखिन्छ । बजारमा रङ, अबिर, सेतो लुगा, फलफूल, दुग्ध, पनिर, मिठाइ, मासु र माछाको बिक्री बढेको पाइएको छ ।

आज बिहानैदेखि किराना, फलफूल, दुग्ध, माछा र मासु पसलमा भीड लागेको छ । पर्वमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्थालाई कडा गरेको छ । पर्वको कारणले सवारी आवागमनमा कमी आएको छ । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ