Comments Add Comment

कुम्मायक गाउँपालिकाद्धारा नि.वर्तमान जनप्रतिनिधिको सम्मान

पाँचथर—पाँचथरको कुम्मायक गाउँपालिकाले १२ औं गाउँसभाको अवसरमा नि.वर्तमान जनप्रतिनिधिलाई सम्मान गरेको छ । गाउँपालिकाले नि. वर्तमान जनप्रतिनिधिहरुलाई सम्मान पत्र, खादा र फुलमालाले सम्मान गरेको हो । 

स्थानीय तहको पहिलो निर्वाचनमा निर्वाचित भई सफलतापूर्वक पााच वर्षे कार्यकाल पूरा गरी समृद्ध गाउापालिका निर्माणको लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा नि. वर्तमान अध्यक्ष जय बहादुर चेम्जोङ, उपाध्यक्ष सीता आचार्य लगायत वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्य सहित २९ जनालाई सम्मान गरेको हो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुवेदी  प्रमुख अथिति १ नं. प्रदेश सभा सदस्य सीता थेवेले लगायतका अतिथीहरुले सम्मान पत्र, खादा र फुलमाला सहित सम्मान गरेका थिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ