Comments Add Comment

हिउँद सकिनै लाग्दा मुस्ताङमा हिमपात

मुस्ताङ, २४ फागु्न

यस वर्षको हिउँदेयाम सकिनै लाग्दा मुस्ताङ पहिलो हिमपात भएको छ । गएरातिदेखि सुरु भएको सामान्य वर्षापछि बढेको चिसोको कारण हिमपात सुरु भएको हो ।

हिमपात भएपछि स्थानीय खुसी भएका छन् । हिमपातपछि स्थानीयवासी मात्र नभई पर्यटक पनि हिउँसँगै रमाउन थालेका छन् ।

जिल्लाको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ