Comments Add Comment

कुम्मायक गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकालाई एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चित गाउँपालिका घोषण गरिएको छ। गाउँपालिकाको आयोजनामा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको हो। गाउँपालिकाले ५ वर्ष मुनि १५ महिना उमेर समुह भित्रका खोप लगाउन छुटेका बालबालिकाहरुलाई पूर्ण खोप सुनिश्चित गरी पूर्ण खोप घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले बताए। 
स्वास्थ्यकर्मीहरुले सम्बन्धित वडाको खोप केन्द्रमा पुगेर खोप सुनिश्चिताको यकिन गरेपछि वडा खोप समन्वय समितिले अनुगमन गरेको थियो। वडाबाट सुनिश्चिता गरी वडा घोषणा गरिएको सिफारिसका आधारमा गाउँपालिका भित्र कुनै पनि बालबालिका खोप सेवाबाट बञ्चित नभएको भन्दै पूर्ण खोप घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीको अध्यक्षता साथै जि.स.स प्रमुख रामराज आङ्देम्बेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ