सिमकोट, २६ फागुन:
दुुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगी गर्भ तुहिएर उच्च रक्तस्रावभएकी महिलाको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो । गर्भ तुहिएर उच्च रक्तस्रावले पीडित उहाँको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । दुुई हप्तादेखि लगातार अत्यधिक रक्तस्राव भएपछि उहाँको अवस्था गम्भीर भएको थियो । जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा छत्यालको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको अनमी बोहराले बताउनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरमा उद्धार गरी सुुर्खेत पु¥याए लगत्तै उहाँको प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । गर्भवती छत्यालको सुत्केरी हुने समय नपुुग्दै गर्भ तुहिएको हो ।
उहाँलाई बिहीबार गोठीगाउँबाट उद्धार गरिएको हो । उहाँको उद्धारका लागि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले समन्वय गरेका थिए । सुत्केरी छत्यालसहित राष्ट्रपति महिला उत्थान कार्यक्रमले चालु आवको साउन महिनायता यो छैटौँ उद्धार गरेको छ । यसमा एक बेथा लागेकी गर्भवतीको खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा निधन भएको थियो । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताजाकोट गाउँपालिकाका बेथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ । –––
.png)