काठमाडौं, १५ असार ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२ बस्ने चितवन शिवनगर घर भएकी ४१ वर्षीया बबिता पन्त पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७१ माघ २९ गतेको फैसलाले १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ् श्रोत,साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी प्रधान कार्यालय, काठमाण्डौले बिश्वसञ्चार अनलाईनलाई जानकारी गराएको हो ।
.png)