Comments Add Comment

पहिरोमा परी ३  जनाको मृत्यु १ जनाको सकुशल उद्दार

पाँचथर, २०७९ असार १९ गते । 

पाँचथरको फालेलुङ गाँउपालिका-७ सिदीन स्थितमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।  पहिरो गरएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ बर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो भने पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजतलासको क्रममा ५५ बर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ बर्षीया श्रीमती गोमा मगर,  दल प्रसादको १९ बर्षीया नातिनि एलिसा मगरलाई आज बिहान मृत अवस्थामा फेला पारेको हो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ