Comments Add Comment

राष्ट्रपतिको शपथअघि रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । सोमबार सभामुख देवराज घिमिरेसमक्षमा पौडेलले राजीनामा बुझाएका हुन् । 

गत बिहीबार राष्ट्रपति पदमा निर्वाचित पौडेलले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

यसअघि उनले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् । उनी  तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ