तेह्रथुम १५ असार ।
तेह्रथुम जिल्लाको छथर गाउपालिकाले धान दिवसकाे अवसरमा किसान परिचय पत्र वितरण सुरू गरेकाे छ । किसानहरूकाे पर्व भएकाले गाउपालिकाले डिजिटल किसान परिचय पत्र वितरण गरेकाे गाउपालिका कृषि शाखाले जनाएकाे छ ।
पालिकाकाे वडा नम्बर १ र २ मा एक कार्क्रमकाे आयाेजना गरी गाउपालिका अध्यक्ष सन्ताेष तिगेला सन्तविर लिम्बु द्वारा ओैपचारिक रूपमा वितरण सुरू गरीएकाे पालिका प्रवक्ता राजन नेपालीले जानकारी दिनुभयाे ।
गाउपालिकामा रहेका किसानहरूकाे घरघरमा गई डिजिटल एप प्रयाेग गरी २७१८ जना किसानहरूकाे विवरण संकलन गरी परिचय पत्र छापिएकाे छ ।
पालिकामा क्रमश सबै वडाहरूमा ओैपचारीक रूपमा वितरण गरीने याेजना रहेकाे कृषि शाखाले बताएकाे छ । ओैपचारिक कार्यक्रममा बाेल्दै अध्यक्ष तिगेलाले कृषि नै समृद्दीकाे आधार भएकाले उत्पादनमुखि कार्यक्रमलाई प्राथमिकताका साथ एक घर एक करेसाबारी कार्यक्रम, बाँझाे जमिनमा उत्पादन कार्यक्रम, जस्ता निति कार्यक्रम र बजेट तयारी भई रहेकाे बताउनु भयाे ।

गाउपालिका बाट कृषि सेवा प्रवाहमा किसान परिचयपत्र अनिवार्य प्रयाेगमा ल्याउने र परिचयपत्रकाे आधारमा कृषि कार्यक्रम जाेड्ने याेजना रहेकाे अध्यक्ष तिगेलाले बताउनु भयाे । सारथी अनलाईबाट साभार
.png)