यासोक- पाँचथरको कुम्मायकमा रहेको यासोक क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियु) को अध्यक्षमा अनेरास्ववियु का मनोज थापा सर्बसम्मत चयन भएका छन्। क्याम्पसमा रहेका बिद्यार्थी संगठनहरुको सहमतिमा थापा सर्बसम्मत चयन भएका हुन्।
समितिको उपाध्यक्षमा ने.वि.संघ का बिकास खड्का, सचिवमा अखिल क्रान्तिकारीका पबित्रा चम्लागाई, कोषाध्यक्षमा समाजवादी वि.यु. की रमा लावती, सह-सचिवमा समाजवादी वि.यु. कै तारा लावती र सदस्यहरुमा अनेरास्यबियुका सुस्मिता लुइटेल र जुनी लावती, ने.वि. संघबाट दिपा तामाङ र दिवसा लावती यसरी नै अखिल क्रान्तिकारीबाट मनोज खड्का र प्रर्सिका लावती चयन भएका हुन्।
स्व.वि.यू निर्वाचनमा विद्यालयमा रहेका सबै संगठनबाट सर्वसम्त भएपछी यासोक क्याम्पसले आज अन्तिम नामावली प्रकाशन गरेको हो।
.png)