Comments Add Comment

सरकारलाई समर्थन गर्छौं : अध्यक्ष केसी

काठमाडौँ, ६ चैत 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले यसअघि सरकारलाई समर्थन नगरिएको भए पनि यसपटक विश्वासको मत दिने निर्णय गरिएको बताउनुभयो।

“प्रधानमन्त्री नियुक्त हुन नयाँ गठबन्धन बनाए पनि पछि पुरानै गठबन्धन कायम भयो । यसपाली अरु सबैले दिए भनेर होइन, राष्ट्रिय जनमार्चाले यसपाली समर्थन गर्नुपर्छ भन्ने निर्णय गरेको छ, सबैले समर्थन गरेका बेला हामीले समर्थन गरेनौँ, हामीले एक्लै अडान लियौँ”, उहाँले भन्नुभयो ।

उहाँले मुलुकको अर्थतन्त्र, नेपाली जनताको अवस्था, बेरोजगारी समस्या समाधानमा भन्दा पनि दलको चिन्ता सरकार टिकाउने र गिराउने खेलमा केन्द्रित रहेको बताउनुभयो । “सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ”, उहाँले भन्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जनअपेक्षा पूरा गर्न नसक्ने सरकारलाई विश्वासको मत दिन नसकिने बताउनुभयो । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारलाई निरन्तर समर्थन रहिरहने बताउनुभयो । निषेधले देश र जनताको हित नगर्ने भन्दै सम्पूर्ण दल मिलेर जानुपर्नेमा उहाँले जोड दिनुभयो । ---

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ