यासोक—पाँचथरको कुम्मायक गाउँपालिका—४ मा एमालेको वडा अध्यक्ष सहित प्यानलै बिजयी भएको छ । वडाअध्यक्ष फगेन्द्र सम्बाहाम्फेले निकटतम प्रतिद्धन्दी सठबन्धनको साझा उमेद्धवार जनता समाजवादी नेपालका वडा अध्यक्षका उमेद्धवार भगिमान सम्बाहाम्फेलाई ५ सय २० मतको अन्तरले पराजित गर्दै प्यानलै सहित निर्वाचित भएका छन ।
गठबन्धनका सम्बाहाम्फेले १८८ मत ल्याउदा एमालेका फगेन्द्र सम्बाहाम्फेले ७०८ मत प्राप्त गर्दै फराकिलो मत अन्तरले प्यानल सहित बिजयी हुनुभएको हो । यस अघि एमालेले कुम्मायक—३ न. वडामा खाता खोलेल अग्रता कायम गरेको छ । भने कुम्मायक १ र २ मा गठबन्धनले प्यानल सहित बिजय प्राप्त गरेको छ ।
.png)