दिपक दुलाल,माघ १८
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय सुर्केनागीमा वातावरण सचेतना सहितको १ दिने विद्यालय वातावरण सुधार कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रममा वातावरण प्रदुषणका कारणहरु,यसका असरहरु,वातावरण संरक्षण गर्ने उपायहरु,वनजङ्गल तथा वन्यजन्तुहरुको महत्व तथा फाइदाहरु लगायतका विषयहरुमा छलफल भएको थियो।
डिभिजन वन कार्यालय फिदिमको आयोजना तथा सव डिभिजन वन कार्यालय राँकेको संयोजनमा विद्यालय वरपरको वातावरण सरसफाइमा सुधार गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालय वरपरको वातावरण स्वच्छ र सफा राख्न तथा विद्यालय क्षेत्रको फोहोर व्यवस्थापन गर्नका लागि वन कार्यालयको तर्फबाट विद्यालयलाइ ८ थान डस्विन समेत प्रदान गरिएको छ।
उक्त विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरु,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,तथा सम्पूर्ण शिक्षक कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण डिभिजन वन कार्यालय राँकेका प्रमुख सुमन भट्टराई र सहजकर्ता अनिशा सम्बाहाम्फेले गर्नुभएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल लुइँटेलको प्रमुख आतिथ्यता र सो विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो।

.png)