रमेश थापा
पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका-५ का बिष्णुराज थाम्सुहाङ उमेर ७० वर्ष नाघे। उमेल ढल्दै जान थालेपछि उनले आँखा देख्न छाडे। अन्तत : उनको साहारा लौरो र परिवारको सहयोग बन्यो। नजिक र टाढाको छुटउन धौ-धौ भएको सुनाउने उनि आज भोली खुसी देखिन्छ्। आँखाको अप्रेशनपछि गुमेको ज्योति फर्किएसंगै उनको खुसी पनि फर्किएको हो। गाउँपालिका-३ को स्वास्थ्य चौकीमा संचालन भएको निशुल्क आँखा शिविरबाट उनि जस्तै अन्य ६६ जनाको ज्योति फर्किएको छ।
फागुन ३० देखि चैत ३ गतेसम्म सञ्चालन भएको शल्यकृया सहितको आँखा शिविरमा विद्यालयका विद्यार्थी सहित ८ सय जना नागरिकले सेवा लिएका थिए। शिविरमा ६६ जनाको आँखाको शल्यकृयापछि दृष्टि फर्किएको छ। शिविरमा निशुल्क मोतियाबिन्दु र आँखामा मासु पलाएका ६६ जना बिरामीको शल्यक्रिया गरिएको थियो। गाउँमै आँखाको अप्रेशनपछि फालेलुङ—३ का ललित बहादुर थाम्सुहाङ पनि खुसी देखिन्थे। हर्सित मुद्रामा खुसी साट्दै भने् “यहाँबाट सदरमुकाम गाडीमा जान एक दिन लाग्छ। अनि सदरमुकामबाट तराईको आँखा अस्पताल जान दुई दिन लाग्छ। त्यो समयसम्ममा धेरै पैसा सकिन्थ्यो। तर गाउँमै निशुल्क सरकारले बुढापाकाको उपचार गरेकोमा खुसी लागेको उनले बताए।
जिल्लाको फालेलुङ गाउँपालिका भारतको पश्चिम बंगाल र सिक्किमसँग सिमाना जोडिएको गाउँपालिका हो। दुर्गम स्थान र आर्थिक रुपमा बिपन्न नागरिकको बसोबास भएकाले पनि गाउँपालिकावासी स्वास्थ्यको पहुँच बाहिर छन। यस्तै समस्या झेल्दै आएका नागरिकलाई गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविर संचालन गरी सेवा दिएको जनाएको छ।
तीन दिनसम्म संचालन भएको शिविरमा आँखा जाँच, औषधि र चस्मा वितरण गरिएको थियो। गाउँपालिकाको आर्थिक सहयोग र मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा जनसेवा समाज पाँचथरले शिविरको आयोजना गरेको हो । शिविरमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणका सेनाको टोलीले समेत सहयोग गरेको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए। शिविर सञ्चालन अवधिभर बिरामीलाई खाने बस्ने र यातायतको सबै व्यवस्थापन गरिएको अधिकारीको भनाइ छ।
आँखाका बिरामीहरुले समयमै उपचार नपाउने र उपचारको लागि सुविधा सम्पन्न अस्पताल पुग्दा धेरै खर्च हुने गरेको गाउँपालिकाले जनाएको । आँखाको समस्या भएका बिरामीको संख्या बढेकै गएका कारण नागरिकको माग र आवश्यकताको आधारमा बजेट व्यवस्थापन गरी शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले बताए। “यो गाउँपालिका भौगोलिक रुपमा बिकट र दुर्गममा पर्छ । यहाँका नागरिकको आर्थिक आयस्तर कमजोर छ । टाढा गएर उपचार गर्ने अवस्था छैन् अध्यक्ष थाम्सुहाङ भने्। यो पीडा नजिकबाट नियालेका हामीलाई राम्रैसंग थाहा थियो । त्यसैले शिविर संचालन गरेका हौ। आगामी दिनमा पनि यस्तै अन्य शिविर संचालन गरी नागरिकलाई सेवा दिन्छौ उनले भने।

.png)