काठमाडौं २७ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार मृत भइसकेको टिप्पणी गरेका छन् ।सोमबार पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले मृत सरकारले अब हैजा फैलाउने भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ,यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो ।’उनले भने ।
मृत भएको यो सरकारको अब अंग प्रत्यंग झर्दै जाने भन्दै ओलीले यस्तो भ्रष्टचारी अंग झरेको स्थानमा रुखो हुने टिप्पणी गरेका छन् ।
‘भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्, यसका अंग प्रत्यंग झर्दै जान्छ’ उनले भने, ‘भ्रष्टचारी अंग झरेर पिठ बन्छ ? त्यो ठाउँ त रुखो हुन्छ ।’ ओलीले भने ।
OS Nepal
.png)