दिपक दुलाल,चैत्र ३०
पाँचथर- नयाँवर्षको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा आजदेखि खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिता शुरु भएको छ ।
आजको पहिलो उद्घाटन खेलमा एभरग्रिन चिलिङ्देनलाई ट्राइबेकरबाट पाखा लगाउँदै आयोजक तिजोक यूवाक्लव ए ले विजय शुरुवात गरेको छ । निर्धारित समयमा दुवैटिमबाट १-१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
भोलिको पहिलो खेल स्वतन्त्र क्लव रानीटार र टु स्टार इम्बूङबिच बिहानको ८ बजेदेखि खेल सञ्चालन गरिने आयोजक तिजोक यूवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिनुभयो । सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा बैशाख ४ गतेसम्म सञ्चालन हुने फुट्बल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
आज एक कार्यत्रक्रमका बिच फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीर बहादुर कुरुङ्वाङले खेलको उद्घाटन गर्नुभएको थियो ।फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बे, सिद्धदेवी माविका प्रधानाध्यापक विरेन्द्र कुमार खड्का लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गनुभएको थियो ।
यसवर्षको फूट्बल प्रतियोगिताको बिजेताले १ लाख ५ रुपैयाँ र उपबिजेताले ६० हजार ५ रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् । फुट्बल प्रतियोगिता सँगै बैशाख ३ गते बालगायिका रुक्सना लिम्बू र यूवागायक नन्दु गुरुङ लगायतको उपस्थितीमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
आजैबाट नवमीडाँडा बजारमा नयावर्ष मेला समेत शुरु भएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभएको छ ।
.png)