Comments Add Comment

तुम्बेवा सामुदायिक भवन अन्तिम चरणमा 

रमेश थापा 
पाँचथर :- पाँचथरको तुम्बेवा गाउँपालिका–३ को निर्माणधिन तुम्बेवा सामुदायिक भवनको काम अन्तिम चरणमा पुगेको छ। २०७७ सालदेखि निर्माण सुरु भएको अढाई तले पक्की सामुदायिक भवनको काम अन्तिम चरणमा पुगेको हो। 
शहरी विकास भवन कार्यालय इलामले भ्याट सहितको १ करोड ५६ लाख ४३ हजार २०४ रुपैयाँ ६२ पैसामा शंकर त्रिशक्ती निर्माण सेवा प्रा.लि.लाई ठेक्का दिएको थियो। दुई वर्ष भित्र भवन निर्माण सक्ने गरी २०७७ असार २६ देखि ठेक्का लिएको थियो। तर निर्धारित समयमा भवनको काम पुरा नहुदा ९ महिना म्याद थप गरेको थियो। 
थपिएको म्याद २०७९ चैत मसान्तमा सकिदैछ। सो अवधि भित्र भवनको काम पुरा हुने शहरी विकास भवन कार्यालय इलामका इन्जिनियर सुरज वस्तीले बताए। 
यता गाउँपालिकाले काम पुरा भएपछि भवनलाई प्रयोगमा ल्याउने जनाएको छ। गाउँपालिका अध्यक्ष बाबुराम खड्काले भवनको काम अन्तिम चरणमा पुगेको भन्दै पुरा भएपछि पालिकाले प्रयोगमा ल्याउने बताएका हुन। निर्माण कम्पन्नीले भवनमा बाँकी रहेको झ्याल, ढोका र रङ्रोगनको काम गर्दै आएको छ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ