Comments Add Comment

कुम्मायक गोल्डकपको मुख्य प्रशिक्षकमा वडाअध्यक्ष लावती चयन 

रमेश थापा 
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाले “कुम्मायक गोल्डकप” प्रतियोगिताको मुख्य प्रशिक्षकमा कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीलाई चयन गरेका छ। कुम्मायक गाउँपालिका गाउ कार्यपालिकाको बैठकले वडाअध्यक्ष लावतीलाई मुख्य प्रशिक्षकमा चयन गरेको हो। 
प्रतियोगिताको उद्धघाटन खेल भोलीदेखि सुरु हुदैछ। भोलीको पहिलो खेल कुम्मायक गाउँपालिका र फालेलुङ गाउँपालिका बीच हुने भएको छ। प्रतियोगिता चैत ११ गतेदेखि १५ गतेसम्म संचालन हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लव यासोकले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ