Comments Add Comment

फालेलुङलाई हराउदै कुम्मायक सेमिफाइनलमा प्रवेश

रमेश थापा 
पाँचथर:पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित चौथो “कुम्मायक गोल्डकप” प्रतियोगिताको पहिलो खेलमा फालेलुङ गाउँपालिकालाई हराउदै कुम्मायक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ। कुम्मायक–४ स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा फालेलुङलाई २ का विरुद्ध ४ गोलले हराउदै कुम्मायक सेमिफाइनलमा प्रवेश गरेको हो। 
खेलको सुरुवाती समयमा हावी भएको कुम्मायकले फालेलुङ विरुद्ध लगातार ३ तीन गोल गरेको थियो। भने फालेलुङले १ गोलको अग्रता लिएको थियो। दोस्रो हाफ पछि थप १ गोल गर्दै कुम्मायकले ४ गोलको अग्रता लिएको थियो। भने खेलको अन्तिम समयमा फालेलुङले १ गोल थप्दै २ गोलमा चित्त बुझाएको थियो।


प्रतियोगिताको उकृष्ठ खेलाडी कुम्मायक गाउँपालिका दिलकुमार सम्बाहाम्फे घोषित भए उनले नगद सहित मेडल र प्रमाण पत्र हात पार। प्रतियोगिताको उद्धघाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सह–महामन्त्री भिष्मराज आङ्देम्बेले गरेका थिए। उद्धघाटन समारोहमा तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का, कुम्मायक अध्यक्ष वंमप्रसाद लावती, उपाध्यक्ष महेन्द्रबहादुर खड्का, कुम्मायकगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  लगायतको उपस्थिति हरेको थियो। 

प्रतियोगिताको दोस्रो खेल भोली १२ः३० मा मिक्लाजुङ गाउँपालिका र फिदिम नगरपालिका बीच हुने भएको छ। त्यस्तै सोही दिनको दोस्रो खेल हिलिहाङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका बीच दिउसो ३ बजे हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए। 
प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफ, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उपबिजेता टिमले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ