Comments Add Comment

मिक्लाजुङ गाउँपालिका र याङवरक गाउँपालिका भिड्दै 

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा जारी चौथो “कुम्मायक गोल्डकप” प्रतियोगिताको सेमिफाइनल खेलमा मिक्लाजुङ गाउँपालिका र याङवरक गाउँपालिका भिड्ने भएका छन। चौथो अन्तर पालिका स्तरीय “कुम्मायक गोल्डकप” प्रतियोगिताको सेमिफाइनल खेलमा याङवरक र मिक्लाजुङ गाउँपालिका भिड्न लागेका हुन। 
याङवरक गाउँपालिकाले क्वाटर फाइनलको खेलमा तुम्बेवा गाउँपालिकालाई हराउदै मिक्लाजुङसंगको भेट पक्का गरेको हो। भने मिक्लाजुङले फिदिम नगरपालिकालाई हराउँदै याङवरकसंग भिड्न लागेको हो। दुबै टीम बीच आज दिउसो २ बजे पृथ्वी मा.विको खेल मैदानमा प्रतिस्प्रधा हुनेछ्। सोही प्रतिस्प्रिधाबाट छनोट हुने गाउँपालिकाले उपाधिका लागि १५ गते फाल्गुनन्द गाउँपालिकाको सामना गर्नुपर्ने छ।  
उपाधि बिजेता गाउँपालिकाले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। भने उपबिजेता गाउँपालिकाले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र हात पर्नेछ। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ