मदन थापा, २०७९ असार ३२ गते
पाँचथर- गत आर्थिक बर्ष २०७७/०७८ मा पाँचथरमा ३३ करोड ५४ लाख ४१ हजार बेरुजु रकम देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा पाँचथर जिल्लाको १ नगरपालिका र ७ पालिका गरी ८ स्थानीय तहको कुल लेखा परीक्षक रकम ८ अर्ब ७१ करोड ४० लाख ९२ हजार (आम्दानी र खर्च) मध्ये ३ दशमलव ८५ प्रतिशत रकम बेरुजु देखिएको हो । जिल्लाको ८ स्थानीयतह मध्ये सबैभन्दा बढी बेरुजु फिदिम नगरपालिकामा ७ दशमलव ७२ प्रतिशत, मिक्लाजुङ गाउँपालिकामा ५ दशमलव ६५ प्रतिशत र फालेलुङ गाउँपालिकामा ५ दशमलव २० प्रतिशत देखिएको छ ।

फिदिमको लेखा परीक्षक रकम दुइ अर्ब २ करोड ८२ लाख ३६ हजार रकममध्ये १५ करोड ६६ लाख ६ हजार, मिक्लाजुङको एक अर्ब २२ करोड ३६ लाख २८ हजारमध्ये ६ करोड ९१ लाख ८२ हजार र फालेलुङको एक अर्ब ८ करोड ६१ लाख ६५ हजारमध्ये ५ करोड ६४ लाख ३६ हजार रकम बेरुजु देखिएको हो। त्यस्तै फालुगन्द गाउँपालिकाको एक अर्ब १३ करोड ९२ लाख ६२ हजारमध्ये ४ करोड १ लाख ४९ हजार (३.५२%), हिलिहाङ गाऊपालिकाको एक अर्ब १ करोड २४ लाख २६ हजारमध्ये ७८ लाख ९३ हजार (०.७८%), कुम्मायक गाउँपालिकाको ७६ करोड ०९ लाख ४ हजारमध्ये ३८ लाख ७० हजार रुपैयाँ (०.५१%) र तुम्बेवा गाउँपालिकाको ६६ करोड १४ लाख ४९ हजारमध्ये १० लाख ७६ हजार (०.१६%) प्रतिशत रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुनबमोजिम रित नपुर्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको खण्डमा गरिएको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।
.png)