Comments Add Comment

कोशी नाम बिरुद्धको अन्तरक्रिया, बोर्ड र लेटरप्याड प्रयोग नगर्न पालिकालाई आग्रह

रमेश थापा  
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रमा कोशी नामाङ्कन खारेज गर्न एक दिने अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्य समितिका अध्यक्ष रिन्जी शेर्पाको प्रमुख उपस्थितिमा सर्बदलिय र सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम भएको थियो। प्रदेशको नामाङ्कनको बिषयमा शान्तिपूर्ण भइरहेको आन्दोलन भड्काएर राज्यले द्धन्दको बाटो रोजेको नेपाल आदिवासी जनजाति महासंघ पाँचथरका अध्यक्ष रिन्जी शेर्पाको शेर्पाले बताए। 
ऐतिहासिक इतिहास र सभ्यताका आधारित सहअस्तित्व कायम हुने गरी भूगोलको नामाकरण राखौ भन्दा राज्यले जातिय सहिष्णुता र सद्भाव बिथोल्न खोजेको भन्दै शान्तिपूर्ण तरिकाले अहिलेको समस्या समाधान गर्न राज्य गम्भिर हुनुपर्नेमा उनले जोड दिए।
यसैगरी अन्तरक्रियमा सहभागी कुम्मायक गाउपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले हाल भइरहेको आन्दोलनलाई खुलेरै समर्थन गर्ने बताए। आफ्नो पार्टीले कोशी नामकनमा हस्ताक्षर गरेर गल्ति गरेको भन्दै आफुले कोशीलाई स्वीकार्न नसक्ने बताए। त्यस्तै गाउँपालिका अध्यक्ष बमप्रसाद लावतिले पनि भूगोलमा समुदायको पहिचान झल्किने खालको  विकल्प खोज्नुपर्नेमा बताए। आफुहरुले आन्दोलनलाई खुल्ला रुपमा समर्थन गर्ने बताए। 
लिल्डा अध्यक्ष दिलेन्द्र कुरुम्बाङ्ले कौशीका ब्राह्मण समुदायको एकल पहिचान अरुलाइ पनि जबर्जस्ती थोपारिएको कुरुम्बाङ्ले बताए। वैदिक कालमै सुरु भएको हिन्दु धर्म ग्रन्थ अनुसार ऋृग वेदमा लिम्बुवान किरात भनेर उल्लेख भएकोले कोशी यथास्थितिमा मान्य नहुने उनको भनाइ थियो। यता लिम्बुवान राष्ट्रिय समितिका सदस्य जकेन्द्र लावतिले सत्य जहिले थोरै भए पनि सत्यकै जित हुने दावी गरे। उनले लिम्बुवान किरात संयुक्त संघर्ष समिति द्वारा संचालित पहिचानवादी आन्दोलनको रफतारलाई सबैले आत्मसात गरेर साथ सहयोग दिनुपर्ने जोड दिए। किरात याक्थुङ चुम्लुङका पुर्व केन्द्रिय सदस्य गणेश चेम्जोङ र आदिवासी जनजाति महासंघ कुम्मायक गाउँकार्य समितिका अध्यक्ष दुर्गा बम्जनले पनि बहुपहिचानको आधारमा भूगोलको नाम राख्न चुक्नु नहुने बताएका थिए। षड्यन्त्र पुर्वक राखिएको कोशी नाम खारेज नगरे आन्दोलनले थप उग्र रुप लिन सक्ने किरात याक्थुङ चुम्लुङ्का जिल्ला सदस्य घनेन्द्र शेर्माले बताए हाल भइरहेको आन्दोलनमा ३६ वटा संघ सस्थाको सहभागिता रहेको र पहिचानवादी पक्षधर संघ सङ्गठनहरुको एकता हुने क्रम जारी रहेको शेर्माले बताए। कोशी नामाङ्कन खारेजी अभियानमा महेन्द्र लावतिको अध्यक्षता पनि थप संघर्ष समिति गठन भएको छ। यसैगरी संयुक्त संघर्ष समितिले कुम्मायक गाउँपालिकाको कार्यलय र पालिकाको मातहतका पाँच वटै वडा कार्यलयहरुमा कोशी प्रदेश लेखिएको बोर्ड र लेटर प्याड नचलाउन आग्रह दिदै ज्ञापन पत्र पनि बुझाएको छ।  कार्यक्रम संयुक्त संघर्ष समितिका संयोजक पदम सुखी सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो। अन्तरक्रिया कार्यक्रम लिम्बूवान किरात संयुक्त संघर्ष समिति कुम्मायकले आयोजना गरेको हो।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ