Comments Add Comment

कुम्मायक गाउँपालिकामा ६ सय ५५ घर फुसको छानो मुत्त .

मदन थापा

पाँचथर/ कुम्मायक गाउँपालिकामा ६ सय ५५ घरधुरी फुसको छानो मुत्त भएका छन् । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तरगत सघन शाहरी तथा भवन निर्माण आयोजनाबाट प्राप्त कार्यक्रमबाट गाउँपालिकाका ६ सय ५५ घरमा जस्तापाताको छानो लगाएपछि फुसको छानो मुत्त भएको हो ।

आर्थिक वर्ष २०७६|०७७ मा ४० घर, र आर्थिक वर्ष २०७७\०७८ मा स्वीकृत कार्यक्रम अन्तरगत जम्मा ६ सय ७७ घर मध्ये ६ सय १५ घरधुरी गरी हालसम्म ६ सय ५५ घरधुरीले फुसको छानो हटाएर जस्तापाताको छानो लगाएको गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।

सुरक्षित नागरिक आवास कार्यक्रम कार्यबिधि २०७५, संघन शहरी तथा भवन निर्माण आयोजना बाट प्राप्त कार्यक्रम तथा बजेटको आधारमा गाउँपालिकाले लाभग्राहीहरु छनोट गरी पठाएपछि स्वीकृत भएर आएका लाभग्राहिलाई गाउँपालिकाले पहिलो किस्ता ३० हजार काठ तथा जस्तापाता किन्नका लागि र घरमा जस्तापाता लगाईसकेपछी प्रविधिक प्रतिवेदका आधारमा दोस्रो अथवा अन्तिम किस्ता २० हजार गरी प्रति घरधुरी ५० हजारका दरले छनोट भएका लाभग्राहीहरुलाई वितरण गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष सम्ममा ३ करोड २७ लाख ५० हजार रुपैयाँ रकम लाभग्राहीलाई प्रदान गरिसकेको नि. प्रमुख प्रशासकीय अधिकूत देवेन्द्र कटुवालले जानकारी गराउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ