रमेश थापा
पाँचथर : नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा भएको खुल्ला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि (बि टीम) बाट लक्ष्मी प्रसाद फेवदिन र भिमनारेन लावती (बिवस)ले चुमेका छन। नौ टीमको सहभागीता रहेको प्रतियोगिताको उपाधिसंगै लक्ष्मी र भिमले नगद ७ हजार प्रमाण पत्र हात पारे। उपबिजेतामा चित्त बुझाएका भीम प्रकाश लावती र गुनेन्द्र सम्बाहाम्फे नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरे। उपाधि बिजेता र उपबिजेता टीमलाई नगद र प्रमाण—पत्र कार्यक्रमका प्रमुख अथिति कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले प्रदान गरेका थिए।
त्यस्तै प्रतियोगिताको (सि टीम) को १० टीम मध्ये प्रथम चन्द सुवेदी र मोतिराम तिमल्सिना भए। उनिहरुले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरे। प्रतियोगिताको द्धितिय स्थान गोपाल खड्का र विकास खड्का हुदै नगद ३ हजार प्रमाण पत्र हात पारे । प्रतियोगिताको बिजेता उप बिजेताको नगद र प्रमाण–पत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले प्रदान गरेका थिए ।
प्रतियोगिता कुम्मायक गाउँपालिकाको आर्थिक सहयोगमा कुम्मायक ब्याडमिन्टन क्लवले अयोजना गरेको क्लवका अध्यक्ष लक्ष्मी प्रसाद फेवदिनले बताए।

.png)