Comments Add Comment

धनगढीमा नयाँ वर्षमा विशु मिलन तथा देउडा कार्यक्रम हुने

काठमाडौं, २७ चैत

सुर्मादेवी बझाङी समाज धनगढीले नयाँ वर्षको अवसरमा विशु मिलन, शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम गर्ने भएको छ ।

२०८० साललाई विविध सांगीतिक कार्यक्रम गर्दै स्वागत गरिने समाजले जनाएको छ । 'नेपाली नयाँ वर्षलाई स्वागत गर्ने हाम्रो आफ्नै पौरणीक परम्परा रहेको छ । हामी नयाँ वर्षको दिनलाई विशु पर्वका रूपमा लिन्छौं । देउडा खेल्दै विभिन्न कार्यक्रम गर्दै नयाँ वर्षलाई स्वागत गर्ने हाम्रो परम्परा हो । सोही अनुरुप नै हामीले विशु मिलन कार्यक्रमको आयोजना गर्न लागेका हौं,' समाजका सचिव मोहन भण्डारीले भने ।

कार्यक्रममा कलाकारहरू ममता थामी, जयराज जोशी, हरिना जप्रेल, निर्मला विष्ट र दानबहादुर एडीलगायतको प्रस्तुती रहने उनले बताए । कार्यक्रम वैशाख १ गते दिउँसो १ बजेबाट धनगढी-६ स्थित जाईमा आयोजना गरिने उनले जानकारी दिए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ