Comments Add Comment

पहाडी क्षेत्रमा बदली र हिमालमा हिमपातको सम्भावना

काठमाडौं, १२ पुस
देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ। 

दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति पहाडी भूभागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ ।
बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ