Comments Add Comment

तुम्बेवा अध्यक्ष कप फुटबल प्रतियोगिता बैसाख ११ गते देखि

चैत २९, २०७९

कुमार खड्का

पाँचथर- पाँचथरको तुम्बेवा गाउँपालिकामा अध्यक्ष कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता बैसाख ११ गते देखि संचालन गरिने भएको छ। तुम्बेवा गाउँपालिकाको आयोजनामा २०८० साल बैशाख ११ गते देखि अध्यक्ष कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजन गर्न लागिएको पालिकाले जनाएको छ।

पाँचथरमा पहिलो पटक अध्यक्ष कप आयोजना गर्न लागिएको पालिकाको दाबी छ। अध्यक्ष कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको विजेताले २ लाख, २ हजार २  सय २२ रुपैया शिल्ड, मेडल, र प्रमाण पत्र प्राप्त गर्ने छ। त्यस्तै दोस्रो पुरस्कार १ लाख, १ हजार, १ सय ११ रुपैयाँ शिल्ड, मेडल, र प्रमाण पत्र प्राप्त गर्ने छ। तेस्रो पुरस्कार ३३ हजार ३ सय,३३ रुपैया शिल्ड, मेडल, र प्रमाण पत्र  प्राप्त गर्ने तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खडकाले बताएका छन। 
खेलाडी उत्पादन तथा प्रोत्साहन गर्न साथै तुम्बेवाको खेलकुद क्षेत्रको बिकासका लागि खेल आयोजना गर्न लागिएको अध्यक्ष खडकाको भनाई छ। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ