रमेश थापा
पाँचथर/ पाँचथरको कुम्मायक गाउँपालिकाको एक मात्र क्याम्पस यासोक क्याम्पसको उत्घाटन हुने भएको छ । नवनिर्मित भवनको भदौ १९ गते प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गर्ने भएका हुन । एक करोड भन्दा बढि खर्च भएको दुई तले पक्की भवन निर्माण सम्पन्न भएसंगै उत्घाटन हुन लागेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङले जनाए ।
उत्घाटन समारोह सम्पन्न गर्न क्याम्पस परिसर सरसफाइ र रङ रोकन गरिएको छ । उत्घाटन कार्यक्रममा जग्गादाता, सहयोदाता, क्याम्पसका संस्थापक सदस्य र सल्लाहकार शिक्षक सम्मान, हालसम्मकै सर्वोकृष्ठ अंक ल्याउने ५ जना विद्यार्थीलाई सम्मान गरिने संचालक समितिका उपाध्यक्ष तथा वडा नं. १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । त्यस्तै हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने कुम्मायकका ६ वटा मा.वि. का विद्यार्थीलाई सम्मान गरिने क्याम्पस प्रशासनले जनाएको छ ।
.png)