रमेश थापा
यासोक—पाँचथरको कुम्मायक गाउँपालिकाका अग्नी पीडितलाई आर्थिक सहयोग गरिएको छ । समाजसेवी कुबेर लाओतीको संयोजनमा प्रबासी नेपालीहरुले मलेसियाबाट संङ्कलन गरी पठाएको ४० हजार ७ सय रुपैयाँ पीडित परिवारलाई सहयोग गरिएको हो । कुम्मायक गाउँपालिका—१ नं. वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पीडित परिवारलाई वडा अध्यक्ष देबेन्द्रकुमार लाओतीले सहयोग रकम हस्तान्त्रण गर्नु भएको थियो ।
आगलागीबाट सबै भन्दा क्षति भोगेका झरेन्द्र खतिवडालाई २५ हजार ७ सय रुपैयाँ हस्तान्त्रण गरिएको थियो । उहाँको घरमा व्यावसाय संचालन गर्दैआउनु भएका बिचारी नेपाली, याम रम्तेल र सर्मिला लाओतीलाई ५ हजारको दरले १५ हजार गरी जम्मा ४० हजार ७ सय रकम हस्तातन्त्रण गरिएको वडा अध्यक्ष लावतीले जानकारी दिनुभयो ।
.png)