पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको बृह्रत साँगितिक साँझमा गायिका मिलन नेवारले धमकेदार प्रस्तुती राखेर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिन । शुभ दिपावली (बलिहाङ तङनाम) को अवसरमा फाल्गुनन्द ६ र ७ नं. वडाको संगम स्थल आङसराङको वसाँगुमा गायिका नेवारले स्टेज तताएकी हुन । उनले चर्चित गित फुलबुट्टे साडी, गाला रातै गाला रातै, सुनसान रातमा लगायतका दर्जन बढि गित गाएर दर्शक नचाएकी थिन् ।
परम्परागत रुपमा लाग्दै आएको ऐतिहासिक द्धितिया मेलाको अवसरमा आयोजना गरिएको सांगितिक कार्यक्रममा कलाकारहरु राजु आङदेम्बेले “चैतको महिना, गुराास फुल्यो” गित प्रस्तुत गरेका थिए । त्यस्तै गायक बिकाश लिम्बू, असोक मुकारुङ, एकान्त आङदेम्बे, सुजन आङदेम्बे र स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति राखेका थिए । कार्यक्रम त्रिबेणी युवा क्लब नेपालले आयोजना गरेको हो
.png)