Comments Add Comment

सेवा निबृत शिक्षहरुको शैक्षिक अनुभब विमोचन

भक्तपुर । सेवा निबृत शिक्षक समाज भक्तपुरद्धारा प्रकाशित शैक्षिक अनुभबको १२ औं अंकको बुधबार एक कार्यक्रम गरी विमोचन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुस्तकको विमोचन गरेका हुन् । 
सो अवसरमा अध्यक्ष विजुक्छेंले पुस्तक प्रकाशन गर्न निरन्तर सहयोग गर्ने विभिन्न विद्यालयहरुलाई पनि सहयोगी सम्मान प्रदान गरे एभरेष्ट स्कुल व्यासी, बागीश्वरी मावि च्याम्हासिंह, शान्ति निकेतन मावि राममन्दिर, जेन्युइन स्कुल देकोचा, मेधा मावि तेखाचोलगायतलाई सम्मान गरेको हो । ती स्कुलका प्रधानाध्पाक तथा प्रतिनिधिहरुलाई धन्यवाद पत्र प्रदान गरी सम्मानित गरिएको थियो । 
कार्यक्रममा समाजका अध्यक्ष अम्विकामान मानन्धर, उपाध्यक्ष रामगोपाल कर्माचाय, कोषाध्यक्ष विश्वराम कवां, एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, वागीश्वरी माविका प्रिन्सिपल कृष्णप्रसाद धन्छा, प्रकाशित शैक्षिक अनुभबका सम्पादक मण्डलका प्रमुख ज्ञानसागर प्रजापति, संस्थापक अध्यक्ष नाति कवां, सदस्य तुल्सीराम ग्वाछालगायले निबृत शिक्षकहरुलाई सक्रिय बनाई उनीहरुको शाररिक र मानसिक विकासका लागि संस्थाको स्थापना गरी सक्रिय रहेको बताए । हामी अझै सबल छौ भन्ने मुल नाराका साथ निबृत शिक्षकहरुको संगठनको रुपमा समाजको स्थापना गरिएको थियो । समाजमा जिल्लाका सेवा निबृत दुई सय ३१ जना शिक्षकहरु सदस्य रहेको जनाइयो ।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ