Comments Add Comment

निर्धनले दियो आङदेम्बे परिवारलाई विमा क्षतिपुर्ति

पाँचथर— पाँचथरको कुम्मायका गाउँपालिकाको निर्धन उत्थान लघुवित्त संस्थाले बिमितलाई विमा बापतको क्षतिपुर्ति दिएको छ । कुम्मायक—३ स्थीत सिरानगाउँ महिला समुहकी सदस्य बिर्खमाया सम्बाहाम्फेको मृत्यु भएपछि विमा बापतको रकम उनको परिवारलाई हस्तान्त्रण गरिएको शाखा प्रमुख सन्दिप कुमार पन्डितले बताए ।
संस्थाले उपलब्ध गराएको विमा बापतको २ लाख ९९ हजार रुपैया श्रीमान लक्ष्मी प्रसाद लिम्बूलाइ समाजसेवी भिम प्रसाद सम्बाहाम्फे र पण्डितले हस्तान्त्रण गरेका थिए । संस्थामा आवद्ध समुहका सदस्यहरुलाई प्राकृतिक प्रकोप, स्वास्थ्य समस्या, मृत्यु भएका सदस्यहरुको परिवारलाई आर्थिक सहयोग साथै ऋण मिनाहा गर्दै आएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ