रमेश थापा
बैशाख ३ गते आइतवार
पाँचथर- वरिपरि हिमाल, बीचमा खुल्ला चौर। चौरमा चरिरहेका रङगिबिरङगी चौरी अनि चिसो बतास। विहानको दृश्य निकै लोभलाग्दो देखिन्थ्यो। चौरी हेर्न पर्यटकको भीड जम्मा भएको थियो । कोही चौंरीसंग फोटो खिच्न ब्यस्त देखिन्थ्थे, त कोही चौरीको दुधबाट बनेको परिकार चाख्दै थिए । यो दृश्य शनिवार पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाल भारत सिमावत्ती क्षेत्र चाररातेको हो। गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको छैटौं चौरी महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मनोरञ्जन लिएका थिए । सोही महोत्सवमा चौरीसंग फोटो खिच्दै गरेका भेटिए सन्दकपुर गाउँपालिका इलामका सनबहादुर राई। पहिलो पटक याक र चौरीं देख्दा उनि दङ्ग थिए । “चौरी र याक कस्तो होला ? अनि चौरीको दुधबाट बनेका परिकार कस्ता होलान् भन्ने लागेको थियो । तर आज हेर्न र परिकार खान पाइयो ज्यादै खुसी लागेको छ् हर्सिद मुद्रामा राइले सुनाए ।
पर्यटकलाई सन्तुष्टि दिन फालेलुङ–४ का चौरी पालक कृषक छेदुलाल गुरुङ पनि खुसी देखिन्थे। अन्य समयमा बजारको अभाव भोग्दै आएका उनलाई महोत्सवका दिन चौरीको दुद्यबाट बनेका खिर, छुर्पी, घिउ र चिजहरु बेच्न भ्याइनभ्याई थियो। चौरीको रौंबाट बनेका बस्त्र र टोपी बेच्न ब्यस्त थिए। गुरुङ बेलाबेला महोत्सव बाहेक अन्य समयमा बजारीकरणको अभाव झेल्दै आएको गुनासो पनि सुनाउदै थिए । गाउँपालिकाले महोत्सव गरेर केही राहत दिए पनि सिमाक्षेत्रमा सुरक्षा, विद्युत र सडक संजाललाई प्रभावकारी बनाए हुन्थ्थो भन्दै थिए । “मैले एउटा गोठमा २५ चौरी र याक पालेको छु । गाउँपालिकाले औषधी उपचार र घाँसको व्यवस्थापन गरेको छ् गुरुङ भने, त्यतिले मात्रै पुग्दैन, हामीले उत्पादन गरेको बस्तुले बजार पाउनुपर्छ । विद्युत र सिमाक्षेत्रमा सुरक्षा भए राम्रो हुन्थ्थो ।”
नेपाल–भारतको सीमावत्र्ती क्षेत्र चाररातेमा नयाँ वर्षको अवसरमा चौंरी महोत्सव भयो । । समुद्र सतहबाट ३ हजार ४ सय मिटर उचाहीमा छैटौ चौरी महोत्सव आयोजना भएको हो । चौंरी र याकको प्रदर्शनीसँगै चौंरी र भेडाजन्य उत्पादनका स्टलको अवलोकन गर्न पर्यटकको घुईचो थियो । महोत्सवमा सहभागी भएका पर्यटकले चौंरीको दूधबाट निर्मित घिउ, छुर्पी, चीजको स्वाद लिएका थिए । महोत्सवमा चौरीका ७ प्रजातीका प्रर्दशनमा राखिएका थिए । चौरीको दुद्यबाट उत्पादन भएको छुर्पी, घिउ र चिजको नेपाल सहित भारत र अमेरिकासम्म माग हुने गरेको छ । भारतको पश्चिम वंगाल र सिक्किमसंग सिमा जोडिएको सो क्षेत्रमा चौरी संरक्षण र कृषक प्रोत्साहन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
जिल्लामा तीन दशक अघि ३ हजार ५ सय चौरी थिए । याङवरक र फालेलुङ गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा पाइने चौरी पालक किसानको मोह घट्दा अहिले १ हजारको संख्या मात्रै चौंरी रहेको जिल्ला भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पाँचथरले जनाएको छ। गाउँपालिकाले चौरी पालक किसानको मोह घट्दै गएपछि चौरी संरक्षण गर्न ६ वर्षदेखि महोत्सव अयोजना गर्दै आएको छ । गाउँपालिकाको तिनसिमना, चारराते, फालोट र सन्दकपुर क्षेत्रमा चौरी पाल्ने गरिएको छ । भारतले बिभिन्न गतिविधि गर्दै आफ्नो उपस्थिति बलियो बनाएको बेला । नेपालले पनि चौरीको संरक्षण र बजारिकरणसंगै आफ्नो उपस्थिति बलियो बनाएको फालेलुङ गाउँपालिका अध्यक्ष अध्यक्ष बीरविक्रम थाम्सुहाङले बताए । चौरीको संरक्षण गर्न बजेट बिनियोजन गरी घाँस, औषधी र उपचारको व्यवस्थापन गर्दै आएको उनको भनाइ थियो ।

.png)