Comments Add Comment

३३ वर्षपछि जोरसालमा हाट बजार

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि हाट बजार संचालनमा आएको छ । जोरसालमा औंसी पूर्णिमा हाट बजार सञ्चालनमा आएको हो ।  जिल्लाको पुरानो सदरमुकाम समेत रहेको जोरसाल बजारमा ३३ वर्षपछि पुन: हाट बजार लाग्न थालेको हो । हाटको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले एक कार्यक्रमको आयोजना गरी उत्घाटन गरेसंगै हाट बजार संञ्चालनमा आएको हो । हाट बजार सञ्चालनमा आएसंगै कृषि उपज सहज विक्री वितरण सहज भएको जनाएका छन ।

देउराली युवा क्लब र जोरसाल ब्यवस्थापन समितिले उक्त हाट सञ्चालनमा ल्याएका हुन् । हटिया पुन: सञ्चालन गर्ने सोच बनाएका स्थानीयवासीलाई फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले सहयोग गरेका थिए । प्रत्येक औंसी र पूर्णिमा लाग्ने हटिया विशेषत: स्थानीय कृषि उपज विक्रीका लागि उपयुक्त हुने स्थानीयवासीको अपेक्षा छ ।
विगतमा लाग्ने हटिया स्थानीयस्तरमा उत्पन्न समस्या तथा उपभोक्ता कम हुादा बन्द भएको थियो । बजारीकरण बढ्दै जाादा जोरसाल बजारमा समेत उपभोक्ता बढेका छन् । सवारीसाधनको उपलब्धताले सदरमुकामका ग्राहक समेत यहाासम्म पुग्ने भएपछि हटिया सञ्चालनमा ल्याइएको हो ।
हाल राजमार्गको आसपास लाग्ने हटियालाई ब्यवस्थित गर्न आवश्यक संरचना निर्माणका लागि आफूले पहल लिने वडाध्यक्ष लावतीले वताए । देउराली युवा क्लब र जोरसाल ब्यवस्थापन समितिको अगुवाई नगरपालिका र वडा कार्यालय तथा पााचथर उद्योग वाणिज्य संघको प्रवद्र्धनमा हाट लाग्न थालेको हो ।
हाटमा आसपासका कृषकहरुले सागशब्जी, दाल, फलफूल लगायत कृषि उपज विक्रीका लागि राखेका थिए भने फिदिमका केही ब्यवसायीहरुले लत्ताकपडा, जुत्ताचप्पल लगायत सामग्री विक्रीका लागि राखेका थिए ।
जिल्लाका अधिकांश हाट बजारहरु क्रमश: बन्द हुादै गएको अवस्थामा फिदिम–४ मा उक्त हटिया पुन: लाग्न सुरुआत हुनु सुखद् विषय भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेको भनाई छ । हटिया उद्घाटन गर्दै फिदिमका नगर प्रमुख काफ्लेले परम्परागत हाटबजार सञ्चालनमा नगरपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ