Comments Add Comment

सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते

२०७८ चैत्र ६ गते 

पाँचथर- संखुवासभाको चैनपुर-११ गहते स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । शनिबार दिउसो १२ बजे चैनपुरबाट खाँदबारी तर्फ आउदै गरेको को २ त ४२९४  नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी ७ मिटर तल झरी दुर्घटना हुँदा चालक संखुवासभा चैनपुर-३ पोखरीका २४ बर्षीय बिनाहाँङ लिम्बु र ट्याक्टर मालिक सोही स्थानका हेमन्त राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा राईको साढे १ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ