Comments Add Comment

अध्यक्ष कप फुटबल प्रतियोगिता वैशाख ११ गतेदेखि हुने

रमेश थापा
पाँचथर– पाँचथरको तुम्बेवा गाउँपालिकामा अध्यक्ष कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता वैशाख ११ गते बाट सुरु हुने भएको छ। तुम्बेवा गाउँपालिकाको मौवा बजारमा आयोजित पत्रकार सम्मेलन गरी वैशाख ११ गते देखि १५ गतेसम्म अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजन गर्न लागेको जनाएको छ। मौवा बजारको इन्द्रेणी मा.वि.को खेलमैदानमा संचालन हुने प्रतियोगिता वैशाख १५ गतेसम्म संचालन हुने अयोजक गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले पहिलो पटक अध्यक्ष कप प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । अध्यक्ष कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख, २ हजार २ सय २२ रुपैयाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। 
त्यस्तै दोस्रो पुरस्कार १ लाख, १ हजार, १ सय ११ रुपैयाँ शिल्ड, मेडल, र प्रमाण पत्र प्राप्त गर्ने छन । तेस्रो पुरस्कार ३३ हजार ३ सय,३३ रुपैया शिल्ड, मेडल, र प्रमाण पत्र  प्राप्त गर्ने तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काले बताए। 
गाउँपालिकाले खेलकुदको क्षेत्रबाट पर्यद्धन प्रर्वदन गर्दै खेलाडी प्रोत्साहन गर्ने उदेश्यले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
पत्रकार सम्मेलन कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराम खड्का, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा, रोजगार संयोजक नरेन्द्र खड्का लगायतको सहभागी रहेको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ