Comments Add Comment

कृपा र सोनु बने राइजिङ स्टार

काठमाडौं, ११ वैशाख । क्रियटीभ वल्र्ड नेपालको आयोजनामा सम्पन्न ‘सातौं प्रभु बैंक राइजिङ स्टार’ को उपाधि जुनियर क्याटगोरीबाट इपिएस स्कुल, मीन भवनमा कक्षा ५ मा अध्ययनरत कृपा गौतम र सिनियर क्याटगोरीबाट नेशनल एकेडेमी, शंखमुलमा कक्षा ७ मा अध्ययनरत सोनु महताराले जितेका छन् ।

विजेताद्वयले जनही नगद ५० हजार रुपैंयाँसहितसहित अवार्ड, क्राउन र विभिन्न उपहारहरु प्राप्त गरे । दुवैले मोस्ट ट्यालेन्टेड अवार्डसमेत हात पारे । प्रतियोगितामा जुनियरतर्फ पवन प्रकृति हाइस्कुल, इमाडोलमा कक्षा ५ मा अध्ययनरत आकृति खापुङ र सिनियरतर्फ ग्रामर पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत सृजा शाह  ‘फस्ट रनर अप’, जुनियर क्याटगोरीबाट इडनब्रीज एकेडेमी, धापासीमा कक्षा ३ मा अध्ययनरत आलियाना अलि र सिनियर क्याटगोरीबाट केएम्सी स्कुल, कक्षा ९ मा अध्ययनरत एरिका अधिकारी ‘सेकेण्ड रनर अप’ भए ।

प्याब्सन काठमाडौंको सहकार्यमा भएको कार्यक्रममा काठमाडौंका विभिन्न स्कुलहरुमा अध्ययन गर्ने कक्षा २ देखि ९ सम्मका  ८७ जना बालबालिका प्रतिष्पर्धी थिए । कार्यक्रममा टप थ्री देखि टप सेभेनसम्म र विभिन्न विधामा अन्य २४ जनालाई सबटाइटल अवार्ड उपाधी प्रदान गरिएको थियो भने चार अभिभावकलाई ‘बेष्ट प्यारेन्ट्स अवार्ड’बाट समेत सम्मानित गरियो ।

प्रतियोगिताको निर्णायकमा प्याब्सन काठमाडौंका उपाध्यक्ष रिता राई दाहाल, प्रभु बैंकका चिफ म्यानेजर मन्जयराज पाण्डे, राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बानियाँ, गायक अशोक मुकारुङ, मिस मंगोल २०२२ की विजेता पासाङ डोल्मा शेर्पा, डान्सिङ स्टारका विजेता छिरिङ शेर्पा, राइजिङ स्टार सिजन ४ का विजेता अस्मिता अधिकारी र राइजिङ स्टार सिजन ५ का विजेता प्रशुन बडाल रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ