Comments Add Comment

प्रदेश सरकारको निणर्य : पाँचथर र तेह्रथुम अस्पतालको स्तरउन्ती गर्ने


पाँचथर– १ नम्बर प्रदेश सरकारले पाँचथर र तेह्रथुम जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नती गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वे (ओ एण्ड एम) स्वीकृत गरी दुबै अस्पताललाई ५० शैयामा स्तरउन्नती गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको पदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले बताए ।

हाल दुबै जिल्लाका अस्पताल १५ शैयाका मात्रै छन । लामो समयदेखि १५ शैयाको अस्पताललाई स्तरउन्ती गर्नु पर्ने माग उठ्दै आएको थियो । पाँचथर जिल्ला अस्पतालमा ५० शैया क्षमताको भवन निर्माण भईसकेको छ । तर १५ शैयाबाटै अस्पताल सञ्चालनमा रहेको छ । तर तेह्रथुम जिल्ला भने  ५० शैयाको अस्पतालको भवन बनाउने पर्ने देखिन्छ ।

डाक्टर, कर्मचारी, उपकरण लगायतका के के आवश्यकता रहेको छुट्याउन ओ एण्ड एममा हुन्छ । संघिय सरकारको मापदण्ड र सहयोगमा प्रदेशको विज्ञ टोलिले यो सर्वे गरेको आङबोले जानकारी दिए । अब मापदण्ड अनुसार दरबन्दी परिपूर्ती र उपकरणको व्यवस्थापन हुने उनको भनाइ छ ।
पहाडी जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा तराईका नीजि अस्पतालमा पुग्नु पर्ने बाध्यता रहेको छ । ‘दुबै जिल्लाका अस्पताल ५० शैया बनाउने महत्वपूर्ण निर्णय गरिएको छ । पूर्वी पहाडी जिल्लाका बासिन्दालाई ठुलो राहत पुग्ने छ’ मन्त्री आङबोले भने ‘दरबन्दी परिपूर्ती र उपकरण व्यवस्थापन भएपछि चाडै पचास शैयाको अस्पताल सञ्चालन हुनेछ ।’


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ