Comments Add Comment

प्रथम तुम्बेवा अध्यक्ष कपः मोरङ र आयोजक सेमिफाइलनमा प्रवेश 

रमेश थापा
पाँचथर :पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी प्रथम तुम्बेवा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा राजघाट स्पोर्टिङ क्लव मोरङ र आयोजक तुम्बेवा गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन। 
इन्द्रेणी मा.वि.को खेलमैदानमा भएको क्वाटरफाईनल खेलमा सदाम फुटबल क्लव धनकुटालाई ०—२ ले हराउँदै आयोजक तुम्बेवाले सेमिफाइनलको यात्रा पक्का गरेको छ। त्यस्तै अर्को खेलमा कुम्मायक गाउँपालिकालाई १-५ को फराकिलो अन्तरले हराउँदै राजघाट मोरङले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ।
प्रतियोगिताको पहिलो खेलमा मुनलाईट स्पोर्टिङ क्लव फिदिमलाई ०–१ को अन्तरले हराउदै इन्द्रेणी मा.वि. तुम्बेवा क्वाटरफाईनलमा प्रवेश गरेको छ। भने भुलभुले सामुदायिकलाई  १–४ को अन्तरले हराउदै माउन्टेन युथ क्लव क्प्रवाटरफाईनल खेलमा प्रवेश गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। 
वैशाख ११ गतेदेखि सुरु भएको अध्यक्ष कप प्रतियोगिता बैशाख  १५ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको बिजेता टिमले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उपबिजेता टीमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछ। भने तेस्रो टीमले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ