कुमार खड्का
पाँचथर- बिद्युत सेवा अवरुद्द हुँदा पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ३ र ४ का करिव ९ सय घरधुरी ३ तिन दिन देखि अन्धकारमा बस्न बाध्य भएका छन् । लामो समय सम्म तिङदेन बिद्युत सहकारी संस्थाले नेपाल बिद्यत प्राधिकरणलाई बाकीँ बाक्यौता नतिरेपछि बिद्यत सेवा अवरुद्द भएको हो । गत ३ दिन देखि बिद्युत सेवा अवरुद्द छ ।
सहकारीले प्राधिकरणलाई १ लाख ५३ हजार रुपैयाँ तिर्न रहेको सहकारीका अध्यक्ष राजेश्वर सम्बाहाम्फेले बताउनुभएको छ । यस पटक भने सहकारीले ८० हजार मात्र तिरे बिद्युत सेवा संचालन गरिने प्राधिकरणले बताएको छ ।
बिद्युत सेवा संचालनको तयारी भई रहेको सहकारीका अध्यक्ष सम्बाहाम्फेले जानकारी दिनभयो । सहकारीले बाकीँ बक्यौता तिर्न नसक्दा प्राधिकरणले पटक पटक बिद्युत लाईन काट्दै आएको छ ।
यो बिषयमा सहकारीले गाउँपालिकामा आधिकारिक जानकारी नदिएको बताउदै जानकारी पाउनसाथ प्रकृयामा जाने गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले जानकारी गराउनुभएको छ ।
.png)