पाँचथर-सरकारले स्थानीय तहमा कार्यरत १६ सय १३ जना कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यति धेरै कर्मचारीहरुको सरुवा सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।
मन्त्रालयको २०७८ मंसिर १९ र २० को निर्णय अनुसार अन्तर स्थानीय तहमा कामकाजमा खटाउन सरुवाको सूची सार्वजनिक गरेको छ । "लोक सेवा आयोगबाट स्थायी नियुक्ति भएका कर्मचारी व्यावस्थापन सम्बन्धी मापदण्ड (संशोधन सहित),२०७७" अनुसार कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
कोभिड-१९ महामारीको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयमा भिडभाड रोक्नका लागि कामकाजमा खटाईएका कर्मचारीको कामकाजमा खटाईएको पत्र हाल कार्यरत स्थानीय तह र कामकाजमा खटाईएको स्थानीय तह दुबै तिर ७ दिन भित्र मेलमार्फत पठाउने भएको छ ।
सरूवा भएका कर्मचारीहरुको विवरण हेर्न याहाँ क्लिक गर्नुहोस
.png)