काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले विकास योजना ध्वस्त बनाएर हिँडेका माओवादी अहिले विकासको कुरा गर्दै हिँडेका बताउनुभएको छ ।
नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटीले आइतबार रामेछापको दोरम्बामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै माओवादीले विकासका योजना र मेसिन ध्वस्त नबनाएको भए अहिले नेपाल धेरै अघि पुग्ने बताउनुभयो । बल्ल माओवादी शान्ति प्रक्रियामा आएर एमाले सरकारमा पुगेपछि विकासको काम सुरु भएको ढुङ्गेलले बताउनुभयो ।
अहिले माओवादी र कांग्रेसका नेता बिच गठबन्धन भएको बताउँदै ढुङ्गेलले यो देशमा सच्चा माओवादी र कांग्रेसका नेता कार्यकर्ता छन् भने एमालेले अत्यधिक बहुमतले चुनाव जित्ने बताउनुभयो । ८७ सिटमा उम्मेदवार उठाउने नेपाली कांग्रेसले १ सय ३८ सिट सहित चुनाव जित्ने सम्भावना नरहेको उहाँले प्रष्ट पार्नुभयो । अब बहुमत सहितको सरकार बनाउने एक मात्र पार्टी एमाले भएको उहाँले प्रष्ट पार्नुभयो । ‘गठबन्धन कमजोर ढुङ्गाको चम्का हो, आगोले बलेपछि पड्किन्छ र फुट्छ’, ढुङ्गेलले भन्नुभयो ।
एमाले पार्टीले विकास र समृद्धिको कुरा गर्ने र नागरिकलाई माटोसँग जोडिन सिकाउने बताउनुभयो । नेपालको समृद्धि नेपाली माटोबाट नै सम्भव भएको उहाँले प्रष्ट पार्नुभयो ।
गठबन्धन दलका उम्मेदवारहरू अहिले पैसा बोकेर भोट किन्न हिँडेका उहाँले बताउनुभयो । गठबन्धनका उम्मेदवार मतदातालाई एक किलो कुखुराको मासुमा किन्दै हिँडेका उहाँको भनाइ छ । यसलाई दोरम्बावासीले बुझ्नु पर्ने र उचित न्याय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
माओवादीको तर्फबाट होस् वा कांग्रेसको तर्फबाट रगत बनाउने सहिदको सम्मान गर्ने र उहाँको परिवारलाई न्याय दिने काम एमालेले मात्र गर्न सक्ने उहाँले बताउनुभयो । त्यो काम माओवादी वा कांग्रेसले गर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री बन्दा पनि नपुगेर प्रचण्ड र माधव नेपालको खुट्टा टेकेर केपी शर्मा ओलीसँग भिड्न आएको उहाँले बताउनुभयो । केपी ओलीले हानेको एक बलले ती खुट्टा भाँचिने उहाँले दाबी गर्नुभयो ।
एमालेलाई हराउन स्वर्गबाट इन्द्र आए पनि नसक्ने उहाँले बताउनुभयो । पाँच दल होइन १५ दल आए पनि एमालेलाई हराउन तागत नभएको उहाँले प्रष्ट पार्नुभयो ।
sunrisekhabar
.png)