Comments Add Comment

कुम्मायकको महेन्द्रोदय मा.वि.मा ५ लाखको अक्षयकोष स्थापना

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका-५ स्थीत पिपलबोटेको महेन्द्रोदय मा.वि.मा अध्यक्षकोष स्थापना गरिएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्राध्यापक डा. ऋषिराम रिजाल र श्रीमती सुमन गौतम रिजालले ५ लाख रुपैयाँको “स्व. टंकनाथ र भीमादेवी रिजाल” अक्षयकोष स्थापना गरेका हुन। विद्यालयको स्थापनाकालदेखि नै परिवारले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा ठुलो योग्दान दिएको थियो। २०१६ सालमा स्थापना भएको विद्यालयमा आफुले पनि आधारभूत तहमा अध्यायन गरेको स्मरण गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेको रिजालले बताए। 
विद्यालयले अक्षयकोषको बार्षिक व्याजदरबाट एस.इ.इ दिने विद्यार्थीहरुलाई अंग्रेजी, गणित र विज्ञान बिषयमा तीन महिना बिशेष कक्षा संचालन गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ। अक्षयकोषदाता र विद्यालय प्रशासनले सम्झौतामा उल्लेख भए अनुसारका सर्त कार्यान्वयन गर्ने गरी हस्ताक्षर गरिएको विद्यालयलका प्र.अ राजेन्द्र बुढाथोकीले बताए। उनले अहिलेसम्मकै ठुलो राशीको अक्षयकोष स्थापना गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग गरेको भन्दै रिजाल परिवारको प्रशंसा गरे। 
कार्यक्रमका प्रमुख अथिति कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले विद्यालयमा अक्षयकोष स्थापना गरेर गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा सहयोग पु¥याएको भन्दै रिजाल परिवारको प्रशंसा गरे।  उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न जनप्रतिनिधि, विद्यालय प्रशासन र अभिभावक मिलेर भूमिका खेल्नु पर्नेमा जोड दिए। अक्षयकोषबाट दाताहरुको सहयोगले मात्रै पूर्ण नहुने भन्दै तल्लै तहदेखि सुधार गर्नुपर्ने खाचो देखिएको लावतीको दावी थियो।
अक्षयकोष स्थापना कार्यक्रममा कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरे, कार्यपालिका सदस्य, वडासदस्य, शिक्षक र अभिभावकको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। 


  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ