झापा- दमक नगरपालिका-५ स्थित सडकमा प्र.१-०२-०४५ प १८५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक दमक नगरपालिका-४ बस्ने ३० वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई लाईफ लाईन अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटि बिर्तामोड रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय, काठमाण्डौँले जानकारी गराएको छ ।
.png)