Comments Add Comment

साविककै परीक्षा केन्द्र कायम गर्न माग

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक क्याम्पसले साविककै परीक्षा केन्द्र कायम गर्न माग गरेको छ। त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयमा ज्ञापन पत्र बुझाउँदै पुरानै परिक्षा केन्द्र पाँचथर बहुमुखी क्याम्पस फिदिम परीक्षा केन्द्र तोक्न माग गरेको हो। 
यासोक क्याम्पस संचालक समितिको टोलिले रजिष्ट्राको कार्यालयमा उपस्थित भएरै परिक्षा केन्द्र फिदिम कायम गर्न माग गरिएको संचालक समितिका उपाध्यक्ष देबेन्द्रकुमार लावतीले बताए। “संचालक समिति, क्याम्पस प्रशासन र सरोकारवालाहरुलाई जानकारी नगरी हचुवाको भरमा रबि क्याम्पसमा स्नातक तह प्रथम वर्षको परिक्षा केन्द्र सारिएको थियो। उनले भने यातायातको असुविधाका कारण विद्यार्थीलाई परेको समस्या प्रति हाम्रो टोलिले ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको थियो । कार्यालयले साविककै परीक्षा केन्द्र तोक्ने बिषयमा सकरात्मक जवाफ दिएको छ लावतीले भने। 
यासोक क्याम्पसको स्थापना कालदेखि पाँचथर बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकिएको थियो। फिदिम भौगोलिक र यातायातको पहुँचले विद्यार्थीहरुलाई सहज थियो। तर २०८० को ४ बैशाखमा स्नातक तह प्रथम बर्षको सुरु भएको परीक्षामा यासोक क्यापसको परीक्षा केन्द्र परिवर्तन गरी रबि क्याम्पसमा तोकेको थियो। त्यसको बिरोध जनाउदै यासोक क्याम्पस संचालक समितिको टोलि त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यलयमा पुगेर ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएको हो। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ