रमेश थापा
पाँचथर–पाँचथरको फिदिम नगरपालिकामा एक दिवसीय योग भ्रमण कार्यक्रम सम्पन्न भएको छ । पतनजलि योग समिति पाँचथरको आयोजनामा ‘योग गरौं निरोग रहौ’ भन्ने मुल नारा सहितं एक दिबसीय योग बिज्ञान भ्रमण कार्यक्रम सम्पन्न भएको हो । मानिसले निरन्तर योग गर्नाले रोग प्रतिरक्षा प्रणाली बलियो भई शारिरिक समस्या नहुने भएकाले यसको उपयोगिता पछिल्लो समय बढेर गएको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका फिदिम नगरपालिकाका उप प्रमुख राधाकृष्ण न्यौपानेले दिप प्रज्वलन गरेर कार्यक्रमको उत्घाटन गरेका थिए । फिदिम २ र ३ को सङगम स्थल सर्पे डाडामा प्रकृतिसङ योग, बयाम, प्रणायम लगायत विभिन्न खेलकुद सहित कार्यक्रम सम्पन्न भएको पतन्ञ्जली योग युवा समिति पाँचथरका सदस्य राजेन्द्र अधिकारीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला आयुर्बेद पाँचथरका कार्यालय प्रमुख टेकनाथ अर्याल, पतन्ञ्जली योग समिति केन्द्रीय सदस्य शान्ता गौतम, पतनजली योग समिति पाँचथर अध्यक्ष हरि प्रकास सुवेदी, लगायत योग समिति पाँचथरका पदाधिकारीहरुको उपस्थिति साथै पतन्ञ्जली योग समिति पाँचथरकी महिला अध्यक्ष पाँचथरकी भक्ता कुमारी डागीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
.png)