Comments Add Comment

अर्घाखाँचीमा एउटा घरमा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते

सन्धिखर्क, २६ वैशाख

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भूमिकास्थान-२ तिरतिरे खोलाका ५५ वर्षीय पदम वेल्वासे, ३६ वर्षीय माधव वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे, ७२ वर्षीय पिताम्बर वेल्वासे र २६ वर्षीया अस्मिता वेल्वासे रहेका छन् ।

भूमिकास्थान नगरपालिका-२ तिरतिरे खोलामा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा स्थानीय पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालका अनुसार आगोले पदम वेल्वासेको घर जलेर नष्ट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ