Comments Add Comment

प्रतिनिधिसभा बैठकमा राप्रपाको विरोध

काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर विरोध जनाइरहेका छन् । 
सभामुख देवराज घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका छन् । 

गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेकाे आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)काे प्रस्ताव मा छलफल गर्नुपर्ने भएकाले अहिलेलाई शून्य समयको मात्र व्यवस्था गरिएको भन्दै सभामुख घिमिरेले बैठक चल्न सहयोग गर्न आग्रह गरिरहेका छन् । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ